भाषा आयोगले राष्ट्रपतिलाई बुझायाे वार्षिक प्रतिवेदन

भाषा आयोगले राष्ट्रपतिलाई बुझायाे वार्षिक प्रतिवेदन

भाषा आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

बुधवार राष्ट्रपति भवन शीतलनिवास पुगेर आयाेगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको हो । आयाेगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

सम्बन्धित खबर