मृगौला पीडितलाई आर्थिक सहयोग
संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर-१ का मृगौलापीडित स्कउट महोरालाई काठमाडौको चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पतालले निशुल्क उपचार गरिदिने भएको छ । हेल्पिङ हेण्ड्समा उपलब्ध हुने मृगौलासम्बन्धी उपचार निशुल्क हुने भएको छ ।
आर्थिक रुपले अत्यन्त बिपन्न मोहरलाई मृगौला सम्बन्धि आवश्यक स्वास्थ्य उपचार हेल्पिङ हेण्ड्स अस्पतालले निःशुल्क रुपमा गर्ने डा. गुप्तबहादुर श्रेष्ठले बताए । यसअघि पनि अस्पतालले उपचारमा सहयोग गर्दै आएको छ । डा. गुप्ताले मृगौला प्रत्यारोपण पश्चात व्यक्तिगत रुपमा पचाँस हजार रुपैयाको चेकसमेत सहयोग स्वरुप हस्तान्तरण गरे ।
लामो समयदेखि मृगौला रोगबाट पीडित महोराले प्रत्यारोपण र औषधिका लागि सहयोगका लागि अनुरोध गर्दै आएका थिए ।