जाति, समुदायको असन्तुष्टिपछि शब्दकोश सच्याउन सुझाव माग
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत शब्दकोश’ परिमार्जनको तयारी गरेको छ । प्रतिष्ठानद्वारा प्रकाशित सो शब्दकोष परिमार्जनका लागि सुझाव मागिएको छ ।
प्रतिष्ठानले एक सूचना जारी गरेर पुस महिनाभित्र सुझाव दिन आग्रह गरेको हो । प्रतिष्ठानले २०७९ सालमा ल्याएको शब्दकोशका कतिपय शब्दमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट लिखित र मौखिक असन्तुष्टि आएकाले परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ ।
कतिपय चलचित्र, गीतसंगीत र साहित्यमा प्रयोग भएका रैथाने शब्दार्थका कारण पनि नेपाली बृहत शब्दकोश विवादमा आउने गरेको छ ।
सूचना: