मगर चलचित्रकर्मी संघमा १७ सदस्यीय कार्यसमिति चयन
मगर चलचित्रकर्मी संघको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न अधिवेशनले विकास मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष मगर निवर्तमान समितिमा उपाध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा देबबहादुर पुन मगर, महिला उपाध्यक्षमा सुमित्रा बुढा मगर, सहसचिवमा ललित बुढा मगर, उपमहासचिवमा श्याम राना मगर, सचिवमा तिलबहादुर थापा मगर र कोषाध्यक्षमा जानु आले मगर छन् । सदस्यहरुमा मिनुज राना मगर, पार्वती थापा मगर, बिना थापा मगर, केशु पुन मगर, भुपेन्द्र रिखाम मगर, सुमन थापा मगर, सन्जय बुढाथोकी मगर, हेमन्त लाामिछाने मगर, टेकबहादुर राना मगर र जनक घर्ती मगर रहेका छन् ।
अधिवेशनका अवसरका संघले कलाकार धिरज मगर र चलचित्र खुस्माको टोलीलाई पनि सम्मान गरेको छ । त्यस्तै वरिष्ठ कलाकार कविता आले, मगर चलचित्र कलाकार तमती गर्बुजा मगर, पहिलो मगर चलचित्र लंघनका निर्देशक तथा संघका संस्थापक अध्यक्ष युवराज मास्की मगर, पहिलो मगर महिला निर्देशक प्रतिमाया पुन मगर पनि सम्मानित भएका छन् । संघले पहिलो मगर चलचत्रि लंघनका नायकद्वय राज थापा र चन्द्रज्योति आले, पहिलो निर्माता डीबी पुलामी, मिस मगरका विजेताहरु र विभिन्न समयमा अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार विजेता मगर निर्देशकहरुलाई पनि अधिवेशनको अवसरमा सम्मान गरेको छ ।
संघको स्थापना २०६६ साल भएको हो । हालसम्म मगर भाषा र संस्कृतिका करिब पाँच दर्जन निर्माण भइसकेको संघले जनाएको छ ।