किरात माङहिममा पहिरोले क्षति

किरात माङहिममा पहिरोले क्षति

ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिममा पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाका कारण माङहिम क्षेत्रमा आज बिहान पहिरो गएको हो ।

पहिरोका कारण दर्जनौं रुखसमेत ढलेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए । उनका अनुसार पहिरोले माङहिम परिसरको एक छेउ बगाएको छ । माङहिम परिसर भत्किँदा प्रतिक्षालय लगायतका केही संरचनाहरु पहिरोमा बगेको अध्यक्ष येक्तेनले बताए । पहिरोले जोखिम बढाएपछि माङहिममा बस्दै आएका फेदाङमा परिवारलाई ललितपुरकै शोभाहिटीस्थित चुम्लुङ हिममा स्थानान्तरण गरिएको छ ।

माङहिममा किरात समुदायका राई, लिम्बु, सुनुवार, याक्खा जाति लगायतले हरेक उधौली र उभौलीमा बर्सेनि सामूहिक पूजा गर्दछन् । वन क्षेत्रको माथिल्लो भागमा माङहिम र फेदाङमाको आवास रहेको छ भने तल्लो भागमा हरेक जातिको अलग-अलग पूजा तथा कार्यक्रमस्थल छ ।

(तस्बिर सौजन्य : प्रेम येक्तेन)

सम्बन्धित खबर