किरात याक्खा छुम्मा बागमती प्रदेश समितिको साधारणसभा सम्पन्न
किरात याक्खा छुम्मा बागमती प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । समितिको साधारणसभा बिहीबार ललितपुरको लगनखेलमा सम्पन्न भएको हो ।
साधारणसभामा समितिका सचिव टीकाराम लिंखाले प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा समितिले गरेका क्रियाकलापहरु समावेश छन् । यसका साथै हालसम्म समितिले झेल्नुपरेका संस्थागत तथा कार्यालय सञ्चालनका कठिनाइ, आर्थिक, समुदायगत तथा समितिका आन्तरिक चुनौतीहरु समेत प्रतिवेदनमा उल्लेख छन् । समितिले चालु आर्थिक वर्षका लागि वार्षिक कार्ययोजनासमेत प्रस्तुत गरेको छ ।
साधारणसभामा कोषाध्यक्ष शान्ता सोम्याहाङले समितिको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेनमा समितिले एकल र अन्य समिति तथा याक्खामा याप्सेनसँग संयुक्त रुपमा सञ्चालन गरेका आर्थिक गतिविधिका अलग-अलग विवरण उल्लेख छ ।
छुम्माको ११ सदस्यीय बागमती प्रदेश तदर्थ समिति २०७९ साल चैत १४ गते गठन भएको थियो । २०८० भदौ १४ सम्पन्न समितिको प्रथम अधिवेशनले मच्छिन्द्रनारायण जिमीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।