जिल्ला अधिवेशनको तयारीमा नेकपा

जिल्ला अधिवेशनको तयारीमा नेकपा

पत्रकार सम्मेलन ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । पार्टीका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य देव सीले आगामी माघ र फागुनभित्र जिल्ला सम्मेलन गर्ने तयारी भइरहेको बताए ।

बिहीबार खाँदबारीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीका गतिविधिहरु आमनागरिकमाझ पुर्‍याउनका लागि आफूहरु खुलेर बाहिर आएको बताए । उनले भने, ‘पार्टीको केन्द्रीय बैठकले राष्ट्रियताको सवालमा तीन वटा मुद्दा उठाएको छ । पहिलो अमेरिकी सहयोग एमसीसी परियोजनाको विरोध गर्ने । दोस्रो नेता तथा कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने र तेस्रो प्रत्येक घरमा उत्पादन र टोलटोलमा उत्पादन अभियान सञ्चालन गर्ने ।’ एमसीसी परियोजना राष्ट्रघाती भएको र नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोड्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्र हुन्छ भन्ने पार्टीले मान्यता रहेको उनले बताए ।

उनका अनुसार पार्टीले आगामी २०८४ सालको चुनाव लड्ने भएको छ । यसका लागि पार्टीलाई मजवुत र सशक्त बनाउँदै संगठन विस्तार एवं सशक्तीकरणको काम भइरहेको उनले बताए ।

सम्बन्धित खबर