प्रेस चौतारी संखुवासभामा नयाँ कार्यसमिति चयन

प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनले जनक चापागाईंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आज सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनले चापागाईंको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिव्याकुमारी राई सचिवमा रमा चाम्लिङ राई, सहसचिवमा देशन राई, कोषाध्यक्ष कल्पना सुवेदी पौडेल, सदस्यहरुमा सुमिता याख्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कूस राई, कन्चन राई, विकास बिक, मंगल मेवाहाङ र मोतीराम भण्डारी रहेका छन् ।
जिल्ला अधिवेशन प्रेस चौतारी नेपाल संखुवासभाका निवर्तमान अध्यक्ष प्रेम निरौलाको अध्यक्षतामा भएको थियो ।