‘ओम्माङ्बा’ सार्वजनिक

‘ओम्माङ्बा’ सार्वजनिक

पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित उक्त भिडियो सुनसरीको धरानमा आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण लिंखा (राई)को निर्देशन रहेको छ । सहनिर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् । याक्खा जातिको मुख्य बसोवास रहेको जिल्ला संखुवासभाको आँखीभुईं, फाक्लिङमा भिडियोको छायाँकन गरिएको हो ।

भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ । निर्माता सोम्याहाङ्गकै शब्द रहेको छ ।

याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । हाक्पारेको माध्यमबाट खासगरी मुन्थुमका साथै संस्कार-परम्परा, जीवन-जगत र मानव जीवनका विविध पक्षबारे सवालजवाफ र व्याख्यासमेत गरिन्छ ।

सम्बन्धित खबर