लिम्बू पत्रकार संघमा नयाँ कार्यसमिति

लिम्बू पत्रकार संघमा नयाँ कार्यसमिति

लिम्बू पत्रकार संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको तेश्रो महाधिवेशनले सन्देश सुब्बाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति सर्वसम्मतितले चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सचितानन्द लिम्बु र सुजता निङ्लेकु, महासचिव जीवन लिम्बु, सचिवहरुमा ज्ञानु केदेम र सम्पदा लिम्बु चयन भएका छन् । त्यस्तै, समितिमा दिलकुमार फेम्बू कोषाध्यक्ष तथा विना लिम्बु, मौसमी लिम्बु, धनबहादुर लिम्बु र सिंहबहादुर लिम्बु सदस्य रहेका छन् । बाँकी सदस्य सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनित गरिने उपाध्यक्ष निङ्लेकुले बताइन् ।

लिम्बू पत्रकार सङ्घको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्र खापुङ नेतृत्वको कार्यकाल सकिएको करिव पाँच वर्षपछि तेस्रो महाधिवेशन भएको हो । तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला कोभिड महामारी फैलिएपछि महाधिवेशन स्थगित हुन पुगेको थियो ।

संघको महाधिवेशन तेह्रथुमको लालीगुराँस नगरपालिका, बसन्तपुरमा शुक्रबार सम्पन्न भएको हो । कार्यसमितिको कार्यकाल तीन वर्षको रहने संघको विधानमा उल्लेख छ ।

सम्बन्धित खबर