‘सुनुवार भाषा सिकौं’ पुस्तक लोकार्पण

लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौं’ (कोइँचलो : शैंसै) पुस्तक आज लोकार्पण गरिएको छ ।
आफ्नो ७४औं जन्मदिनको अवसर पारेर आयोजित कार्यक्रममा लेखक सुनुवार, सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवार, जेष्ठ नागरिक ओमबहादुर सुनुवार, गाेरखापत्र संस्थानका नयाँ नेपाल बहुभाषिक पृष्ठ संयाेजक विवेकानन्द मिश्र र सिर्जना प्रतिष्ठानकी अध्यक्ष मनाेरमा सुनुवार माखिमले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । यो पुस्तक सुनुवार भाषा सिक्न चाहनेहरूका लागि मार्गदर्शक बन्ने लेखक सुनुवारको विश्वास छ ।
ओखलढुङ्गाको खिजी चण्डेश्वरीमा जन्मेका सुनुवार कुइँच भाषा, संस्कृति तथा लिपीको संरक्षणमा समर्पित रहँदै आएका छन् । यसअघि उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । गोरखापत्र संस्थानको सुनुवार भाषा पृष्ठका संयोजकसमेत रहेका सुनुवारको योगदानले समुदायको भाषा तथा पहिचान संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
उनी सुनुवार सेवा समाजका पूर्व केन्द्रीय अध्यक्षसमेत हुन् ।