लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

संखुवासभाको धर्मदेवी नगरपालिका-४, तिरतिरेबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार धर्मदेवी नगरपालिका-४, तिरतिरेका २८ वर्षीय रामबहादुर अधिकारी र सोही स्थानका २६ वर्षीय केशव घिमिरे तथा मादी नगरपालिका-६, पुलुङका ३८ वर्षीय देवेन्द्र थापा पक्राउ परेका हुन् ।

अभियुक्त अधिकारीको घरमा लागूऔषध कारोबार हुने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले गत शनिबार छापा मारेको थियो । सो क्रममा अभियुक्त तीनजना लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले अधिकारीको घरनजिक मलखाडीमा लुकाई राखेको अफिमजस्ता देखिने १२ दशमलव ३८ ग्राम लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेकाहरुउपर आवश्यक अनुसन्धान र कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका छन् ।

सम्बन्धित खबर