विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्राडा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् । नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा. दिपक काफ्लेलगायत उपस्थित थिए ।

सम्बन्धित खबर