जसपा नेपालको ३९ सदस्यीय जिल्ला समिति चयन

जसपा नेपालको ३९ सदस्यीय जिल्ला समिति चयन

जनता समाजवादी पार्टी (जसपा) नेपाल संखुवासभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सिताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिका सबै सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षहरुमा रामकुमार राई र किशोर राई, सचिवमा पुर्ण शेर्पा, उपसचिव उत्तर राई र कोषाध्यक्ष भैरुङ तामाङ चयन भएका छन् ।

अशोक राई नेतृत्वको समूहले पार्टी विभाजन गरेपछि भएको अधिवेशनलाई जसपा नेपालले पहिलो भनेको छ । जिल्ला अधिवेशन सदरमुकाम खाँदबारीमा शनिबार सम्पन्न भएको हो ।

सम्बन्धित खबर