उभौलीको कामना- बालीनाली राम्रो होस्, रोगव्याध नलागोस्

उभौलीको कामना- बालीनाली राम्रो होस्, रोगव्याध नलागोस्

उभौली पर्व किरातहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हो । किरातीहरूको यो महत्त्वपूर्ण चाड बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सू-स्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्ति नआउन् भनि प्रकृति र पितृहरुको पुजा गरेर मनाइन्छ ।

यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरू केलाङ/केइलाक नाच्दै प्रकृतिलाई पुजा गर्दछन् । किरातहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

प्रत्येक वर्ष बैशाख पुर्णिामादेखि किरातहरूले भव्य रूपमा किरात रितीअनुसार भूमिको पूजा गरी उभौली चाड १ महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष बाली लगाउने समय बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउँदै उधौली (मंसिरे पूर्णिमा) विशेष रूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

यस कारण उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् भन्ने कामनाका साथ मनाइन्छ ।

सम्बन्धित खबर