याक्थुङ लिम्बु संघको अध्यक्षमा थाङदेन

याक्थुङ लिम्बु संघको अध्यक्षमा थाङदेन

नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको प्रथम महाधिवेशनबाट अध्यक्षमा उत्तम सिंह थाङदेनलाई सर्वसम्मत चयन गरेको छ ।

महाधिवेशनले शनिबार भएको चुनावी कार्यक्रमबाट अध्यक्ष थाङदेनको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

महाधिवेशनबाट उपाध्यक्षहरू विवेक योङहाङ, गोमा आङदेम्बे, शम्सेर तुम्बाहाम्फे, जापान थेबे, पञ्च प्रतीक थलङ रहेका छन् । समितिमा महासचिव भवानी विक्रम सम्बाहाङफे छन् । उपमहासचिवहरू चक्र येक्तेन अभिषेक, हेमकुमार आङ्ला, भेषराज चेम्जोङ, विष्णुकुमार सेन्दाङ लिम्बु, दिलीपकुमार आङबो रहेका छन् ।

यस्तै समिति सदस्यहरूमा बाबुराम शेर्मा, रगमान थेबे, हस्तकला बेघा वनेम, भीमबहादुर चेम्जोङ, शान्ता नेम्वाङ, मुना आङदेम्बे, ढकलसिंह लिम्बु, प्रमिला जबेगु, सीता योङहाङ, विधान लिम्बु, प्रमेश विक्रम नेम्वाङ, सुजन सुब्बा फागो, अमृता लिम्बु, मोहन कुमार लिम्बु, तुमरान लिम्बु, आलोकहाङ लिम्बु, किस्मत फोम्बो रहेका छन् । विधानअनुसार केन्द्रीय अध्यक्षले भूगोल र समावेशी आधारमा थप सदस्य मनोनित गर्ने व्यवस्था छ ।

महाधिवेशनको बन्द सत्रमा कोशी प्रदेशका अरुण-कोशी पूर्व लिम्बुवानका ९ जिल्ला र काठमाडौं उपत्यकासहित १० जिल्ला समितिका प्रतिनिधि एवं पर्यवेक्षक, तदर्थ समितिका पदाधिकारी, सदस्य समेत एक सय बढीको सहभागिता थियो ।

सम्बन्धित खबर