‘मुन्चइत्’को विमोचन

‘मुन्चइत्’को विमोचन

लिम्बु चलचित्रकर्मीहरूको स्मारिका ‘मुन्चइत्’को विमोचन भएको छ । शनिबार ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय चुम्लुङहिम मुन्चइतको विमोचन गरिएको हो ।

२ सय १६ पृष्ठको उक्त स्मारिकामा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको आख्यानको चलचित्रीकरण, चलचित्रमा प्रविधिको भाषा र लिम्बू- चलचित्रको संक्षेपण, नविन सुब्बाको चलचित्रमा भाषा निर्माणको प्रश्न, नीलकमलको लघु चलचित्र र वृत्तचित्र सामान्य अध्यन तथा उपादेयता, सागर केरुङको लिम्बु चलचित्र उद्योगको परिस्थिति, गुरुङ सुशान्तको नेपालका आदिवासी चलचित्रको संक्षिप्त इतिहास र अवस्था, कपिल पराजुलीको डिजिटल सिनेमा क्यामरा, क्यामेराम्यान र कलरिस्ट सुर्य प्रकाश चेम्जोङ्को याक्थुङ् मुन्चइत् चोक सयङ्को स्थापना र लिम्बु चलचित्र र सन्देश सुब्बाको याक्थुङ् (लिम्बू) चलचित्र निर्माण – क्रम र गतिविधि शीर्षकका लेखहरु समावेश छन् ।

यसका साथै, याक्थुङ् मुन्चइत् चोक सयङ् संघीय कार्यसमिति, लिम्बुवान प्रदेश कार्यसमिति, नेवा: ताम्सालिङ् प्रदेश कार्यसमिति, भारत सुक्खिम कार्यसमिति, पान्थर जिल्ला कार्यसमिति, चाइना हङकङ कार्यसमिति, विषयगत समितिहरु र मानार्थ सदस्य एवं आजीवन सदस्यहरुको विवरणहरु पनि स्मारिकामा समेटिएका छन् ।

सम्बन्धित खबर