मायाखोलामा हाइड्रोपावर अस्वीकार्य, प्रतिकार गर्ने चेतावनी

'मुयावा होङमा' समाप्त गर्ने कार्यप्रति असहमति छ : सरोकार समिति

मायाखोलामा हाइड्रोपावर अस्वीकार्य, प्रतिकार गर्ने चेतावनी

समितिद्वारा गाउँटोलमा सञ्चालित छलफल तथा हस्ताक्षर संकलन अभियान ।

संखुवासभाको मादी नगरपालिका र धर्मदेवी नगरपालिकाबीच भएर बग्ने मायाखोलामा हाइड्रोपावर (जलविद्युत आयोजना) निर्माण प्रक्रिया अगाडि नबढाउन स्थानीय सरोकार समितिले आग्रह गरेको छ ।

उक्त हाइड्रोपावर स्थानीयवासीको हितविपरीत निर्माण हुन लागेकाले काम अगाडि बढाउन नहुने समितिले विज्ञप्तिमार्फत जनाएको छ । ‘मायाखोलामा वालिङ तुम्होक हाइड्रो नामक कम्पनीले स्थानीय समुदायहरुको सहमति नभई हाइड्रोपावर सञ्चालन गर्न लागिरहेको भन्ने सुन्नमा आएकाले स्थानीवासीहरुको हितविपरीत भएकाले बन्द गर्नको लागि यो सूचना जारी गरिन्छ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय समुदायहरुको आस्था, संस्कृति-संस्कार तथा वस्ती र विकाससँग सम्बन्ध जोडिएकाले (मुयावा होङमा) मायाखोला समाप्त गर्न कुनै पनि व्यक्ति वा कम्पनीलाई स्थानीयवासीहरुको स्वीकृति नहुने सरोकार समितिले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । मायाखोलामा हाइड्रोपावर निर्माण भए स्थानीय याक्खा समुदायको संस्कार-संस्कृति प्रत्यक्ष प्रभावित हुने तथा पर्यावरणमा समेत प्रतिकुल असर पर्ने समितिका संयोजक डिक लिंखाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्र संघीय घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९ ले समेत प्रत्याभूत गरेको आदिवासी जनजातिहरुको हक अधिकारविरुद्ध कुनै कार्य भए स्थानीयवासीहरुले प्रतिकार गर्नेसमेत समितिले चेतावनी दिएको छ ।

विज्ञप्तिः

सम्बन्धित खबर