चुम्लुङको ३७औं स्थापना दिवसमा तीन दिने कार्यक्रम
प्रदेश पुन:नामांकन र मुक्कुम्लुङ संरक्षण अभियानलाई प्राथमिकता
किरात याक्थुङ चुम्लुङले ३७औं स्थापना दिवसमा प्रदेश पुन: नामांकन र मुक्कुम्लुङ संरक्षणको मुद्दालाई प्राथमिकतामा राखेको छ ।
दिवसको नारा ‘लिम्बुवान स्वायत्तता हाम्रो प्रतिवद्धता’, ‘प्रदेशको नाम कोशी खारेज गर, मुक्कुम्लुङ केबलकार खारेज गर’ रहेको छ । तीन दिने समारोह आयोजना गरी चुम्लुङले स्थापना दिवस मनाउँदैछ ।
पहिलो दिन भदौ १५ गते लिम्बु थरगत संस्थाहरुसँग शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ । सोही दिन मुक्कुम्लुङ र इम्बिरी याङ्धावा आर्ट प्रदर्शन पनि हुनेछ । दोश्रो दिन विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम हुने चुम्लुङले जानकारी गराएको छ । तेश्रो दिन भदौ १७ गते मूल समारोहको औपचारिक कार्यक्रम हुनेछ । चुम्लुङका अनुसार उक्त दिन के:लाङ, या:लाङ, ये:बा लाङ र साम्लो लगायतका सांस्कृतिक प्रस्तुतिहरु हुनेछ ।
यसअघि पनि चुम्लुङले उभौली-उधौली, विश्व आदिवासी दिवस लगायतका पर्व र अवसरहरुलाई प्रदेश पुन:नामांकन र नो केबलकार मुद्दामा केन्द्रित गर्दै आएको छ ।
