यायोक्खाको जिल्ला अधिवेशनमा ‘पार्टीको झोले शैली’ अपनाएको आरोप
उम्मेदवारी पत्र खोस्ने प्रयास भयो, पुन: बन्द सत्र गरिनुपर्छ : असन्तुष्ट पक्ष
किरात राई यायोक्खाको काठमाडौं जिल्ला कार्यसमिति गठन विवादित बनेको छ । गत शुक्रबार आयोजना गरिएको अधिवेशनमा बहुमत सदस्यहरूको भावनाविपरीत केन्द्रीय समितिबाट हस्तक्षेप भएको भन्दै असन्तुष्ट पक्षले आज विज्ञप्ति निकालेका छन् ।
नयाँ निर्वाचन मण्डल गठन गरी पुनः नेतृत्व छान्नुपर्ने उनीहरूको माग छ । विज्ञप्ति जारी गर्ने पक्षले निष्पक्ष छानबिनको पनि माग गरेका छन् । निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष देवान राईले गोजीबाट सूची निकालेर कार्यसमितिको नाम घोषणा गरेपछि विवाद बढेको बताइएको छ ।
‘जो कोहीले बाधा अवरोध गरेको खण्डमा केही युवा लगाई तह लगाउने योजनाअनुसार पदाधिकारीका दावेदार सुरज राईलाई तानेर शारीरिक मानसिक यातनासमेत दिएको छ । १९ जना उम्मेदवारमध्ये ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएको र यो घटनाप्रति हामी गम्भीर खेद प्रकट गर्दछौं,’ विज्ञाप्तिमा भनिएको छ ।
धाकधम्की दिएर मनोनयनपत्र खोस्ने प्रयास गरेकोलगायत सबै घटनाको भिडिओ फुटेज कार्यक्रम स्थलमा सुरक्षित रहेको उनीहरूको दाबी छ ।
विज्ञप्ति :

