याक्खा छुम्मा यूकेको वार्षिक जमघट (फोटोफिचर)
भेटघाट र भेटघाटको पुनर्ताजगी मुख्य लक्ष्य
गत अगस्ट ३० मा यूकेका विभिन्न स्थानमा बसोवासरत याक्खाहरू केन्टको आसफोर्डमा भेला भएका थिए । उक्त भेला किरात याक्खा छुम्मा यूके कमिटीद्वारा बर्सेनि आयोजना हुने ‘एन्नुअल गेट टुगेदर’ कार्यक्रमअन्तर्गत भएको हो ।
कार्यक्रममा संस्थागत गतिविधिबारे समितिका अध्यक्ष बुद्धिराज जिमी र समग्र छुम्माको विषयमा केन्द्रीय अध्यक्ष भूपाल जिमीले जानकारी गराए । मुख्यतः याक्खा दाजुभाई, दिदीबहिनी, ज्वाईंचेला, नातागोता र साथीभाईबीच भेटघाट गर्नु र भेटघाटलाई पुन:र्ताजगी गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य थियो । सो अवसरमा डोकेनी नाच प्रस्तुत भयो । ढोल नाच (केई लाक) नाचिए । सहभागीहरुले आपसमा भलाकुसारी गरे । खानपिन र नाचगानसमेत भयो ।

















(सबै तस्बिर सौजन्य : प्रीन्स याक्खा/यूके)
