जेनजीले संखुवासभामा औंल्यायो बेरुजु र घुसखोरीको समस्या

'खाँदबारीमा धेरै ब्याज दिने लोभ देखाएर लिएको रकम फिर्ता भएन'

जेनजीले संखुवासभामा औंल्यायो बेरुजु र घुसखोरीको समस्या

जेनजी संखुवासभाले जिल्लामा भ्रष्टाचार अन्त्य र सुशासनको माग राखेर जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । सोमबार जेनजी प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई ध्यानकर्षणपत्र बुभाएका हुन् ।

ध्यानाकर्षणपत्रमा सार्वजनिक तथा सरकारी निकायका प्रतिनिधिहरु जनउत्तरदायी हुनुपर्ने औंल्याइएको छ । यसका साथै २१औं शताब्दीका युवाहरु सचेत र सजग छन् भन्ने तथ्य स्वीकार गर्नुपर्ने जेनजी संखुवासभाले स्मरण गराएको छ ।

उनीहरुले ध्यानकर्षणपत्रमार्फत महालेखा परीक्षक कार्यालयले देखाएको बेरुजु फर्स्यौट गरी नियमित श्वेतपत्र सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । त्यस्तै जिल्लास्थित सरकारी निकाय र स्थानीय तहहरुले सुशासनसम्बन्धी अन्तर्क्रिया गर्नुपर्ने जेनजीको छ ।

मालपोत, नापी लगायतका सरकारी कार्यालयहरुमा हुने घुस लेनदेनविरुद्ध कारबाही गर्न पनि प्रशासनको ध्यानाकर्षण गराइएको छ । जेनजीहरुले सरकारी सवारीसाधन तथा अन्य श्रोतसाधन दुरुपयोग रोक्न र बसपार्क क्षेत्र व्यवस्थापन गर्न पनि माग राखेका छन् । यसका साथै खाँदबारीमा धेरै ब्याज दिने लोभ देखाएर लिएका रकम सर्वसाधारणले फिर्ता पाउन नसकिरहेको विषयमा छानबिन गर्न पनि जेनजी संखुवासभाले माग राखेको छ ।

ध्यानाकर्षणपत्र :

सम्बन्धित खबर