यी हुन् लिम्बू थरगत थुम भेलाका १५ बुँदे निर्णय

नौ थुम समितिका पदाधिकारी तथा सदस्य सहभागी

यी हुन् लिम्बू थरगत थुम भेलाका १५ बुँदे निर्णय

लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सम्पन्न भएको छ ।

गत कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको बैठकबाट पारित भएका विभिन्न १५ बुँदे निर्णय सार्वजनिक गरिएको छ । बैठकले नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आइएलओ) नं.१६९ र आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रिप)मा भएका कानूनी प्रावधानबमोजिम संघ, प्रदेश र स्थानीय तहमा कानून निर्माण र संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भएकाले सो कार्यान्वयन गर्न/गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार याक्थुङ (लिम्बू) आदिवासीहरुसँग सम्बन्धित परम्परागत प्रथाजनित भूमिलाई सामूहिक सामुदायिक सम्पत्तिको रुपमा पालिका तथा वडामा अभिलेखीकरण गर्ने पनि भेलाले निर्णय गरेको छ । यो कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने भनिएको छ ।

पूर्वसुसूचित स्वतन्त्र मञ्जुरी (एफपीआइसी)को अधिकारलाई कार्यान्वयन गर्न सबै निकायमा काम गर्ने, याक्थुङ (लिम्बू)हरुको प्रथाजनित संस्था ‘चुम्लुङ’ लाई तीन सय २३ थरमा साथै कतिपय क्षेत्र तथा गाउँ प्रथाजनित संस्था २०८३ साल जेठ भित्रमा पुनर्निर्माण गरिसक्ने, अप्रभंसित भएका स्थान नामहरुलाई प्रत्येक थुमबाट कम्तिमा दश वटाको दरले सम्बन्धित निकायमा सच्याउनका लागि पहल गर्ने लगायतका १५ वटा निर्णय भएको लिम्बु थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले जानकारी गराएका छन् ।

दश थुममध्ये नौ थुम समितिका पदाधिकारी तथा सदस्यसहित लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समूहका पदाधिकारी तथा सदस्यहरु भेलामा उपस्थित थिए ।

निर्णयहरु :

सम्बन्धित खबर