लिंखा समाजको सामाजिक कार्य : देउसीभैलो खेलेको रकमले विद्यार्थीलाई न्यानो कपडा

लिंखा समाजको सामाजिक कार्य : देउसीभैलो खेलेको रकमले विद्यार्थीलाई न्यानो कपडा

किरात याक्खा लिंखा वंश सेवा समाज, धर्मदेवी-४, संखुवासभाले जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोही वडाको हुम्लिङस्थित शारदा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई न्यानो कपडा विरतण गरेको हो ।

समाजका अनुसार आर्थिक अवस्था कमजोर भएका १५ जना विद्यार्थीलाई ट्रयाकसुट सेट उपलब्ध गराइएको हो । गत तिहारमा देउसीभैलो खेलेर संकलित २० हजार रुपैयाँबाट ट्रयाकसुट सेट खरीद गरी विद्यार्थीहरुलाई वितरण गरिएको समाजले जनाएको छ ।

समाजको धर्मदेवी-४ का अध्यक्ष भिमबहादुर लिंखा, सचिव साजन लिंखा र केन्द्रीय उपाध्यक्ष नारायण लिंखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर घिमिरे, सहायक प्रधानाध्यापक राजेन्द्रकुमार भण्डारीको उपस्थितिमा विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गरेका हुन् । समाजले देउसीभैलो कार्यक्रममा आर्थिक सहयोग गर्ने महानुभावहरुप्रति धन्यवादसमेत ज्ञापन गरेको छ ।

यसैबीच समाजले उधौली पर्वको अवसरमा धर्मदेवी नगरपालिका-४, माम्लिङस्थित याक्खाचोकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही मंसिर १८ गते बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म हुने समाजले जानकारी गराएको छ । सो अवसरमा विविध सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत हुने समाजले जनाएको छ ।

 

सम्बन्धित खबर