कांग्रेसबाट २५ जना प्रस्तावित उम्मेदवार सर्वसम्मत
सबैलाई समान प्राथमिकता, वर्णानुक्रमअनुसार नामवली प्रकाशन
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस संखुवासभाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २५ जना उम्मेदवार सिफारिस भएका हुन् । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।
बैठकले राष्ट्रियसभामा ५ जना, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जा, जलश्रोत तथा सिंचााइमन्त्री दिपक खड्का पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।
सूची :


