इजाजतप्राप्त व्यक्तिगत हतियार बुझाउन प्रशासनको अनुरोध

इजाजतप्राप्त व्यक्तिगत हतियार बुझाउन प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय संखुवासभाले व्यक्तिगत हतियार बुझाउन अनुरोध गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले हातहतियार बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्लाभित्र इजाजतप्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै किसिमका हातहतियार तथा खरखजनाहरू निर्वाचन अवधिभर प्रयोगमा नआउने गरी माघ २० गतेभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासनले अनुरोध गरेको हो । बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रशासनले जनाएको छ ।

सूचना :

सम्बन्धित खबर