सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले प्रदेशको नामांकन गरिएको चुम्लुङको ठहर छ ।
उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् ।
'प्रदेशहरुको नाम पहिचानसहितको हुनुपर्छ भन्ने घोषणा पत्र, आवाज बोकेरै धेरैवटा चुनाव हामीले लड्याैं, चुनाव जितेर सांसद मन्त्री भयौं मात्र होइन हाम्रा आदरणीय नेता माधवकुमार नेपाल...